नुवाकोटको लिखुमा नेकपाका नेता बद्री मैनालीद्वारा  स्वास्थ्य सामग्री प्रदान



नुवाकोट,बैशाख-२१ । नुवाकोटको लिखु गाउँपालिकालाई नेकपाका नेता तथा बागमती प्रदेशका सांसद बद्री मैनालीले स्वास्थ्य सामग्री प्रदान गरेका छन्। कोरोना भाइरस (कोभिड-१९) को बिश्वब्यापी प्रकोप बढिरहेको  बेला स्थानीय स्तरमा भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सांसद मैनालीले स्वास्थ्य सामग्री प्रदान गरेका हुन।

सांसद मैनालीले लिखु गाउँपालिकाका उपाध्यक्ष रोजिना राई,वडाध्यक्ष भाेलाप्रसाद  सेढाई ,भिमबहादुर घले रामकृष्ण श्रेष्ठ , श्याम डंगाेल,धर्म अधिकारी,जगदिश पाठक ,मेघनारायण श्रेष्ठ  विवेक ढकाल लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेका हुन।

सांसद मैनालीले सरकारले लगडाउन घोषणा गरेको यस विषम परिस्थितीमा समेत गाउँस्तरमा स्वास्थ्य सामग्री वितरण गर्न पाउदा खुशी लागेको बताउनुभयो। यस परिस्थितिमा जो जहाँ छौ त्यही बसेर रोगलाई परास्त गर्न नेता मैनालीले  सबैलाई अनुरोध गर्नुभयो।

सो अवसरमा बिश्वब्यापी भाइरस संक्रमणसंगै जनतामा परेको प्रभाव, त्यसको रोकथाम ,नियन्त्रण र उपचारको लागि आवश्यक थप स्वास्थ्य व्यवस्थापन ,राहतकाे अवस्था  लगायत बिषयमा अन्तरक्रियात्मक छलफल समेत भएको थियोे।

प्रतिक्रिया दिनुहोस्