प्रदेश नम्बर ५ मा मात्रै कोरोना संक्रमितको संख्या १७ पुग्यो
काठमाडौ,बैशाख-२१ । बाँके जिल्लाको नेपालगन्जमा आइतबार एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ।
सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ९ जना पुरुष र ६ जना महिला छन् । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार रुपन्देहीको कोटहिमाई गाउँपालिकाका २५ वर्षीय युवक र बाँकेको नेपालगञ्जको एक मस्जिदमा ६० वर्षीय पुरुषलाई कोरोना संक्रमण देखएको थियो ।यो संगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १७ पुगेको छ।
योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो। आइतबार मात्र १६ जना कोरोना संक्रमित थपिएका हुन्।