मुग्लिन–नारायणगढ सडक अवरुद्ध



मुग्लिन,बैशाख-२२। मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ। गएरातिदेखि निरन्तर परेको वर्षाले  पहिरो जाँदा  उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान गएको यस सडकखण्ड अन्तर्गत  पर्ने इच्छाकामना गाउँपालिका–६ जलबिरेको  पहिरोका कारण राजमार्गको  दुइतर्फी आवतजावत बन्द भएको छ।

पहिरोले गर्दा अहिले लकडाउनको अवधिमा चलेका अत्यावश्यक सवारीसाधन यस क्षेत्रमा अलपत्र छन।

मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरीक्षक कन्चन तामाङले निरन्तर वर्षाका कारण तत्काल पहिरो हटाउन नसकिएको  बताए ।

प्रतिक्रिया दिनुहोस्