नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो



काठमाडौ,बैशाख-२३ ।नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। नेपालगञ्जमा मंगलबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै संक्रमितको संख्या ८२ पुगेको हो।  सोमबार गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्जका २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो।

नेपालगञ्जमा मात्रै शुक्रबार १ जना र आइतबार १५ जनासहित संक्रमितको संख्या २३ पुगेको छ। 

यता नेपालगञ्जमा संक्रमितको संख्या थपिँदै गएपछि बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्