काङ्ग्रेस नेता अर्जुन नरसिंह केसीद्वारा नुवाकोटका १० स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण



नुवाकोट,  बैशाख-२४ । महामारीका रूपमा विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणले नेपालमा समेत सन्त्रास बढिरहेका बेला नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य  तथा  पूर्वमन्त्री अर्जुन नरसिंह केसीले व्यक्तिगत पहलमा नुवाकोट जिल्लाभरको लागि कोरोना चेकजाँचको उपकरण लगायत स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गर्नुभएको छ ।

जिल्लास्तरमा आंशिक रुपमै भएपनि कोरानोबाट बचाउन राहत पुग्नसक्ने भन्दै नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले नुवाकोटका १० वटै गाउँपालिकालाई ज्वरो चेकजाँच गर्ने डिजिटल थर्मल गनसहित स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।

जिल्लाको  विदुर र बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ, किस्पाङ, सुर्यगढी, लिखु, तादी, ककनी, शिवपुरी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिका गरी १२ वटै स्थानीय तहका प्रमुखहरुमार्फत् जिल्लाका नागरिकका लागि उक्त सहयोग उपलब्ध गराउनुभएको हो ।

कोरोना भाइरस विरुद्धको लडाईंमा सबैको सक्रिय सहभागीता हुनुपर्नेमा नेता केसीले  जोड दिनुभयो।स्वास्थ्य सामग्री वितरण कार्यक्रममा पूर्वसभासद् जगदिश्वर नरसिंह केसीको समेत सहभागिता रहेको थियो ।

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले जिल्लाका १० वटै गाउँपालिकालाई स्यानिटाइजर र मास्क  वितरण गरेको ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसीले बताउनुभयो।उनका अनुसार सबै गाउँपालिकालाई १ हजारको दरले मास्क र ४० प्रति स्यानिटाइजर वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्