अन्तर्राष्ट्रिय उडान जेठ १८ सम्म बन्द



काठमाडौं,बैशाख-२४ । अन्तर्राष्ट्रिय उडान जेठ १८गतेसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ ।बुधबारको मन्त्रिपरिषदको बैठकले सीमा नाका तथा अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले जेठ ५ गतेसम्मलाई लकडाउन लम्ब्याउने निर्णय समेत बैठकले गरिसकेको छ ।कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको प्रयास सफलतातर्फ उन्मुख भएको भन्दै सरकारले जेठ ५ गतेसम्म लकडाउन र जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान तथा नेपाल र छिमेकी देश बिचको सिमा नाका बन्द गर्ने निर्णय गरेको हो

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि चैत ११ गतेदेखि निरन्तर लकडाउन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्