एसईई खारेज गर्न माग



काठमाडौं, बैशाख-२४ । माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई खारेज गर्नुपर्ने माग उठेको छ । जारी लकडाउनले गर्दा प्रभावित एसईई खारेज गर्न बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुले माग गरेका हुन।

शिक्षा नितिले नयाँ स्वरुप धारण गरिसकेको परिप्रेक्ष्यमा एसईईलाई एसएलसी जस्तै महत्व दिएर परम्परागत ढंगबाट सञ्चालन गर्न आवश्यक नरहेकाले सांसदहरुले एसईई सधैको लागि खारेज गर्न माग गरेका हुन्।  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सांसद गगन थापा, जीवनराम श्रेष्ठ, भैरवबहादुर सिँह लगायतका नेताले सो परीक्षा खारेज गर्नुपर्ने कारण र आफ्ना धारणा व्यक्त गरेका थिए।

कोरोना भाइरस संक्रमण र लकडाउनले एउटा मौका दिएको भन्दै उनीहरुले यही मकामा तत्काल खारेज गर्नुपर्ने भनाइ सुझाएका थिए।आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न र बोर्ड परिक्षाको मान्यता १२ कक्षामा गर्न उनीहरुको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्