संघीय सांसद हितबहादुर तामाङद्वारा स्वास्थ्य सामग्री प्रदान



नुवाकोट,बैशाख-२४ ।नुवाकोटबाट निर्वाचित संघीय सांसद एवं नेकपा बागमती प्रदेशका सह ईञ्चार्ज हितबहादुर तामाङद्धारा ज्वरो चेकजाँच गर्ने डिजिटल थर्मल गनसहितको स्वास्थ्य सामग्री स्थानीय सरकार तथा स्वास्थ्य संस्थाहरुलाई सहयोग प्रदान गरेका छन् ।नुवाकोटको आफू निर्वाचित क्षेत्र नम्बर -१ अन्तर्गतका   ककनी, लिखु, सुर्यगढी, पञ्चकन्या, शिवपुरी, दुप्चेश्वर गाउँपालिका क्षेत्रका  स्वास्थ्य संस्थामा प्रथम चरणमा  स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको सांसद तामाङले बताएका छन । 

प्रदान गरिएको स्वास्थ्य सामग्रीमा  पिपिई, एन नाइन्टी फाइभ मास्क र स्यानिटाइजर लगायतका सामन रहेको छ । बागमती प्रदेशका उपसभामुख राधिका तामाङ र प्रदेश सांसद बद्री मैनाली पनि सामाग्री हस्तान्तरणको क्रममा सांसद तामाङसंगै गाउँपालिका पुगेका  थिए । संघीय सांसद तामाङ र प्रदेशसभा सदस्य मैनालीले त्रिशुली अस्पतालका लागि पनि स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका  छन ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै तस्वीर/भिडियो श्रोत:सुमन भण्डारी

बुधबार अस्पताल पुगेर उनिहरुले मास्क, स्यानिटाइजर, पिपिई लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका हुन । यसैबीच सांसदहरुले नुवाकोटको अहिलेको वस्तुस्थितिका बारेमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी प्रमुख अभिनारायण काफ्लेसंग बुझेका छन । उनीहरुले राहत वितरणमा एकरुपता किसानहरुको लागी बिउबिजन, मल र उत्पादित सामग्रीहरु बजार लैजानको लागी बाताबरण अनुकुल  बनाईदिन प्रशासनलाई सुझाव समेत दिएका छन।

साथै जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई पिपिई लगायतका स्वास्थ्य सामाग्रीहरु र पत्रकारहरुका लागि पनि मास्क उपलब्ध गराएका छन ।

गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमको भिडियो:-

प्रतिक्रिया दिनुहोस्