नेपालमा कोरोना भाइरस निको भइ डिस्चार्ज हुनेको संख्या २७ पुग्यो



विराटनगर,बैशाख-२६ ।विराटनगरस्थित ।कोसी अस्पतालमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएसंगै कोरोना भाइरसबाट मुक्ति पाई डिस्चार्ज हुनेको संख्या २७ पुगेको छ। बिराटनगर अस्पतालमा उपचाररत ८ जनाको रिपोर्ट पुनः नेगेटिभ आएपछि शुक्रबार दिउँसो डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज भएका सबैलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरेका थिए ।बिकास मन्त्री घिमिरेका अनुसार उदयपुरको भुल्केस्थित संक्रमित एक जना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।

कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्