नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुग्यो



काठमाडौं,बैशाख-२६ ।नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ। थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १०२ पुगेको हो।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा आज एक १६ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१०२ जना संक्रमित मध्ये ७४ जना पुरुष र २८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्