नुवाकोट घोरल प्रकरण:वन कार्यालयले भन्यो हराएकै हो



नुवाकोट,बैशाख-२६ । जिल्ला डिभिजन वन कार्यालयमा पञ्चकन्या गाउँपालिका वडा नम्बर-५ भद्रुटारका स्थानीयले बुझाएको घोरल एकाएक कार्यालयबाटै बेपत्ता भएपछि सामाजिक संजाल तातिएको छ। सामाजिक संजालमा चर्को आलोचना भएपछि वन डिभिजन कार्यलय नुवाकोटले  आइतबार पत्रकार सम्मेलन गर्दै यहि २४ गते हराएको घोरल  प्रकरणबारे  बिज्ञप्ति सहित कार्यालयको धारण सार्वजनिक गरेको छ।

पञ्चकन्या गाउँपालिका वडा नम्बर-५ भद्रुटारका स्थानीयले बुझाएको घोरल

कार्यालयले पत्रकार सम्मेलनमा घोरल हराएकै दाबी गरेको छ । सामाजिक संजालमा केही ब्यक्तिले घोरल काटेर खाएको आरोप लगाएपनि कार्यालयले घोरल कार्यालय परिसरबाटै हराएको दाबी गरेको हो। कार्यालयका प्रमुख जयमंगल प्रसाद यादबले पत्रकार सम्मेलनमा बोल्दै घोरल  रातको १० बजे एक्कासि खोर भत्काएर  फरार भएको  बताएका छन ।

त्यस्तै वन कार्यालयका सुचना अधिकारी लोकनाथ न्यौपानेले हराएको सुचना पाउने वित्तिकै प्रहरी र कार्यालयका कर्मचारी मिलेर तत्काल खोजी गरेको बताए।खोजी गर्ने क्रममा   घोरलको खुरको डोब देखिएको भन्दै घोरलले खोर भत्काएर भागेको जिकिर गरे।

यता  घोरल समातेर वन डिभिजन कार्यलय बुझाएका पञ्चकन्या वडा नम्बर ५ भद्रुटारका स्थानीयले भने घोरल आफैमा घाइते रहेको र त्यसमाथी फलामको डन्डीयुक्त खोर भत्काएर भाग्नै नसक्ने भन्दै शंका व्यक्त गरेका छन। स्थानियले वन कार्यालयका कर्मचारीको मिलेमतोमा  घोरल काटेर खाएको आरोप लगाउदै आएका छन।

वन डिभिजन कार्यालयको बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्