नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ ,को हुन?पछिल्लो ७ संक्रमित



काठमाडौ,बैशाख-२७ ।नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ। शनिबार विहानै ७ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या १ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

आज पत्ता लागेका संक्रमित उदयपुर, कपिलवस्तु र पर्साका हुन ।अहिले  तीनवटै जिल्ला नेपालको  कोरोना भाइरसको मध्यबिन्दु बनेको छ ।

संक्रमित १. उदयपुरको भुल्केकी १८ वर्षीया महिला।
संक्रमित २. उदयपुरको भुल्केकी ४५ वर्षीया महिला ।
संक्रमित ३. उदयपुरको भुल्केकी ६५ वर्षीया महिला ।
संक्रमित ४. कपिलवस्तुका १७ वर्षीय पुरुष ।
संक्रमित ५. कपिलवस्तुका १८ वर्षीय पुरुष ।
संक्रमित ६. कपिलवस्तुका १८ वर्षीय पुरुष ।
संक्रमित ७. पर्साको छपकैयास्थित ६२ वर्षीय पुरुष ।

प्रतिक्रिया दिनुहोस्