नुवाकोटमा कोरोनाको आशंका गरिएको ब्यक्तिको आरडीटी र स्वाव नतिजा नेगेटिभ



नुवाकोट,बैशाख-२७ ।  नुवाकोटमा कोरोनाको आशंका गरिएको ब्यक्तिको स्वाव नतिजा नेगेटिभ आएको छ।नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३  भालुखोला बस्ने २४ वर्षिय राम तामाङको स्वाव र र्यापिड  टेष्टको नजिता नेगेटिभ आएको हो ।

तामाङ एक महिनाअघि भारतबाट विदुर फर्किएका थिए। उनमा कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण देखा परेपछि त्रिशुली अस्पतालको आइसोलेसनमा राखिएको थियो । विदुर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दलवहादुर तामाङले कोरोनाको आशंकामा त्रिशुली अस्पतालको आइसोलेसनमा राखिएका तामाङको दुबै टेष्टको नतिजा नेगेटिभ आएको जानकारी दिएका छन्।

यस अघि पनि नुवाकोटमा दुई जनालाई त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । उनीहरुको स्वाव परीक्षणबाट भाइरसको संक्रमण नदेखिएपछि घर पठाई सकिएको छ।

प्रतिक्रिया दिनुहोस्