घोरल काण्डमा मुछिएको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख १ लाख घुससहित पक्राउ



नुवाकोट,बैशाख-२७ । घोरल काण्डमा मुछिएको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख १ लाख घुससहित पक्राउ परेका छन। डिभीजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद १ लाख घुस सहित पक्राउ परेका हुन ।

वन डिभिजनका प्रमुख प्रसादलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार  सेवाग्राहीसँग घुस लिदालिदै  पक्राउ गरेको हो ।डिभीजन वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेका अनुसार  अख्तियारको टोलीले कार्यालय प्रमुख प्रसादलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि काठमाडौं लगेको  हो।

जिल्लाको सूर्यगढी गाउँपालिकास्थित नयाँपुलमा  ढुंगाखानी सञ्चालन गर्न दिए वापत  सेवाग्राहीसँग प्रमुख प्रसादले १ लाख घुस लिन लागेको स्रोतले जनाएको छ । पछिल्लो समय नयाँ पुलमा रहेको ढुंगाखानीबाट सिमेन्ट बनाउनको लागि आवश्यक कच्चा पदार्थ बिक्री गर्ने गरिएको थियो।

यस अघि  डिभीजन वन कार्यालयले खानी सञ्चालन गर्न रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्