नुवाकोट मृग प्रकरण: हाम्रा मान्छे निर्दोष छन भन्दै आफन्तद्वारा रिहाइको माग



नुवाकोट,बैशाख-२६ । मृग मारेर खाएको भन्दै प्रहरीद्वारा समातिएकाका दुई ब्यक्ति निर्दोष रहेको भन्दै आफन्तद्वारा रिहाइको माग गरेका छन्। गत बैशाख ५ गते नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका एक  र शिवपुरी गाउँपालिका वडा नम्बर ७ का एक ब्यक्तिलाई मृग मारेर खाएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका भद्रुटारका राम अधिकारी र सुनखानीका प्रवेश गुणीलाई निर्दोषिताको आधारमा तत्काल रिहाई गर्न उनका आफन्तजनले माग गरेका हुन।शनिबार  एक बिज्ञप्ती जारी गर्दै उनीहरुका आफन्तजनले रिहाईको माग गरेका हुन।

बिज्ञप्तीमा भनिएको छ-´ वारिपारी बस्तीका मानिस मिलेर मृग लखेटिएको र अन्ततः काटेको ठाउँमा फेला पारिएका निर्दोषलाई प्रहरीले समातेको  हो।निकुञ्ज बाहिरी क्षेत्रमा घटेको घटना,सामुहिक रुपमा घटेको घटना,किसानले बालीनाली जोगाउन लखेट्दा दुर्भाग्यवस घटेको घटना भएकाले निर्दोशिताको आधार तत्काल रिहाईको माग गर्दछौं।`

यता प्रहरीले भने दोषी भनिएकामध्येका केही ब्यक्ति फरार रहेको भन्दै घटनाको थप अनुसन्धान भैरहेको बताएको छ।

पीडित भनिएकाहरुको आफन्तद्वारा जारी बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्