नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुग्यो



विराटनगर,बैशाख-२८ । नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसंगै  नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको हो ।

संक्रमण पुष्टि भएकी ब्यक्ति ४३ वर्षीया महिला रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन् ।दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो ।

यससँगै शनिबार थपिएका संक्रमितको संख्या ८ पुगेको छ । शनिबार बिहान मात्र उदयपुरका तीन, कपिलबस्तुका तीन र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्