नुवाकोटको विदुरस्थित तुप्चेमा एक पुरुषको अर्धनग्न अवस्थामा शव फेला



नुवाकोट,बैशाख-२८ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ तुप्चेस्थित अधेरी खोलामा एक पुरुषको अर्धनग्न अवस्थामा शव फेला परेको छ।

शव भेटिएको केहि माथि साइकल र मृतकले लगाएको कपडा समेत भेटिएको छ।दुर्घटनास्थल नजिकै साईकल भेटिएकोले उनको साईकल दुर्घटनामा परि मृत्यु भएको हुनसक्ने कोलनी प्रहरी चौकीका असई हरिमान शाक्यले जानकारी दिए ।

आइतबार बिहानै मर्निङ वाकको क्रममा स्थानीयले कोहि ब्यक्ति झोक्राएर बसिरहेको देखेको बताइए पनि मृतकको पहिचान भैसकेको छैन ।
प्रहरी अहिले घटनास्थलमा पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस्