नुवाकोटको विदुरस्थित तुप्चेमा मृत भेटिएका युवकको  शव पहिचान खुल्यो



नुवाकोट,बैशाख-२८ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ तुप्चेस्थित अधेरी खोलामा अर्धनग्न अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ।

प्रहरी कार्यालय नुवाकोटका अनुसार ती मृत अवस्थामा भेटिएका युवक लिखु गाउँपालिका वडा नम्बर १ का २६ वर्षिय कृष्ण भट्ट रहेका छन ।उनको शव अहिले आफन्तलाई जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल नजिकै साईकल भेटिएकोले उनको साईकल दुर्घटनामा मृत्यु भएको आशंका गरिएको कोलनी प्रहरी चौकीका असई हरिमान शाक्यले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्