किन लेख्यो चिनियाँ सञ्चारमाध्यमले सर्वोच्च शिखर सगरमाथा चीनमा पर्छ?



काठमाडौ, बैशाख-२८। चिनियाँ सञ्चारमाध्यमले सर्वोच्च शिखर सगरमाथा चीनको भएको दाबी गरेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटिएनले नेपालको सगरमाथालाई चीनमा पर्ने भन्दै आफ्नो देशको भनी दाबी गरेको हो ।

उस्ले सामाजिक सञ्जालमा तस्बिर राख्दै चोमोलोङ्मा अर्थात माउन्ट एभरेस्ट तिब्बतमा पर्ने उल्लेख गरेको छ । सीजिटिएनमा चिनियाँ सरकारका आधिकारिक कुरा मात्र आउने गर्छन् । सीजिटिएनको उक्त समाचार प्रति आपत्ति जनाउँदै सामाजिक सन्जालमा विरोध भएको छ ।

विरोध गर्नेहरुले चीनलाई तत्काल ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिएका छन् ।

चिनियाँ सञ्चारमाध्यम सीजीटिएनले नेपालको सगरमाथालाई आफ्नो देशको भन्दै यसरी प्रचार गरेको छ।

प्रतिक्रिया दिनुहोस्