कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ पुग्यो



कपिलवस्तु,बैशाख-२९ । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ।भारतबाट आएका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ पुगेको हो ।

सोमबार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो । भारतबाट लुकिछिपी आएका कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका–५ का आठ जना युवामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।यसअघि मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरणअनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय २० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्