पूर्व राष्ट्रिय फुटबलर श्रेष्ठलाई कोरोना संक्रमण



काठमाडौं, वैशाख-२९ ।नेपाली पूर्व राष्ट्रिय फुटबलर रञ्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना भाइरसको संक्रमणपछि पूर्व खेलाडी श्रेष्ठ सेल्फ आइसोलेशनमा रहेको बताएका छन ।

वैदेशिक रोजगारीका लागि दुबईमा रहेका श्रेष्ठले फेसबुकमा भिडियो सन्देश मार्फत् उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरेका हुन् । पुर्व खेलाडी रञ्जितले भनेका छन्, ‘मलाई कोरोनाको पोजेटिभ छ । संक्रमण भएको पाँच दिन भयो ।’ उनले आफू सामान्य अवस्थामा रहेको र तातो पानी पिइरहेकाले सबैलाई चिन्ता नलिन भनेका छन् ।

नेपालस्थित झापा स्थायी घर भएका रञ्जित अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीका उत्पादन हुन् । उनले सन् २००९ मा बँगलादेशमा भएको साफ च्याम्पियनशिप खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्