नयाँ थप १३ जनामा कोरोना संक्रमण,नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुग्यो



काठमाडौ,बैशाख-२९ । नेपालमा नयाँ थप १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।नयाँ थप १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।

कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको हो ।यीसँगै आज (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्।

मन्त्रालयका अनुसार यी सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्