नेपालमा एकैदिन ५७ जना कोरोना संक्रमण भेटियो,संक्रमितको संख्या १९१ जना



काठमाडौं, वैशाख-३० । नेपालमा एकै दिन ५७ जनामा कोरोनाको संक्रमण भेटिएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा  नयाँ पुष्टि भएको संख्या ५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ र ती सबै पुरुष रहेका छन् ।

जसमध्ये कपिलवस्तु जिल्लामा ८ जना, पर्सा जिल्लाका ३९ जना र बारा जिल्लाका १ जना रहेका छन्। यससंगै नेपालमा संक्रमितकोसंख्या १ सय ९१ पुगेको छ।

उनीहरुको पछिल्लो स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्