अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने



काठमाडौ,बैशाख-३० । नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै वृद्धिसंगै सरकारले एक जिल्लाबाट अर्को जिल्लामा हिडडुल गर्न रोक लगाईएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको हो ।

एकैदिन ५७ जना कोरोना संक्रमित भेटिएपछि मन्त्रालयले आवतजावतमा कडाइ गरिएको हो । मन्त्रालयले उपत्यकामा रहेका कर्मचारीको हकमा भने पास अनिवार्य गरेको छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्डुल गर्ने गर्दथे।।

प्रतिक्रिया दिनुहोस्