एकैदिन थपिए ८३ जना,नेपालमा संक्रमितको संख्या २१७



काठ्माडौं,बैशाख ३१ । नेपालमा मंगलबार मात्रै कोरोना भाईरसका ८३ जना नया संक्रमित फेला परेका छन्। कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौँ र भक्तपुर लगायतका ठाउँमा पनि नया संक्रमित फेला परेसंगै संक्रमिरको संख्या वृद्धि भएको  छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार पछिल्लो पटक २६ संक्रमित फेला परेका हुन्। यसअघि मंगलबार नै ५७ जनामा संक्रमण पुष्टि भइसकेको छ।

पछिल्लो पटक पर्साका १८, धनुषाका दुई, भक्तपुरका २, काठमाडौँ र सर्लाही एकएक जना संक्रमित फेला परेका हुन्।

त्यसमध्ये ३३ जना निको भई घर फर्किएका छन। यद्धपी हाल सम्म नेपालमा कोरोना संक्रमित कसैको पनि ज्यान गएको छैन।

प्रतिक्रिया दिनुहोस्