चिनियाँ जनमुक्ति सेनाले आफ्नै विमानमा ल्याइदियो  नि:शुल्क स्वास्थ्य सामग्री



काठमाडौं,बैशाख-३१। विश्वभर कोरोना भाइरसको आतंक चलिरहेको बेला  चिनियाँ जनमुक्ति सेनाले आफ्नै विमानमा स्वास्थ्य सामाग्री राखेर काठमाडौसम्म  ल्याइदिएको छ । सेनाले आफूले प्रदान गर्ने भनेको सहयोग स्वरुपको स्वास्थ्य सामाग्री आफ्नै विमानमा काठमाडौं ल्याइदिएको हो ।

काठमाडौमा बिहान ९ बजे अवतरण भएको सो विमानले चीनको चेङ्दुबाट नेपाललाई नि:शुल्क स्वास्थ्य सामग्री ल्याइदिएको हो।

जनमुक्ति सेनाले ल्याएको स्वास्थ्य सामग्रीमा  मास्क, गगल्स, पिपिई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामाग्री नेपाललाई नि:शुल्क उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्