भोलिबाट लकडाउनमा थप कडाई



काठमाडौं, वैशाख-३१ । सरकारले भोलिबाट लागु हुनेगरी लकडाउनमा थप कडाई गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण मुलुकभर फैलिएपछि लकडाउनमा थप कडाई गर्ने निर्णय गरेको हो ।

नयाँ निति अनुसार जेठ १ गतेबाट नयाँ पास लागु गरिएको छ।यसअघि प्रयोजनमा आएका पुराना पास सबै रद्द हुनेछन् । नयाँ पासका लागि अनुकुल समय अनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी वा गृह मन्त्रालयको समेत अनुमति लिनुपर्ने हुन्छ ।

हिजो एकै दिन नेपालमा सबैभन्दा धेरै ८३ जना कोरोना भाइरसका संक्रमित भेटिएसंगै सरकारले लकडाउनमा कडाई गर्ने निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडा गर्न निर्देशन दिएपछि गृहले तत्काल कडा कदम चाल्ने टुंगो लगाएको हो । जुन भोलिबाट लागू हुनेछ ।

अब एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइनेछ । अत्यावश्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका सिडिओको अनिवार्य अनुमति लिनुपर्नेछ । सञ्चालन हुनपाउने सवारी साधनको आवश्यकता र अनिवार्यतालाई हेरेर छुट दिइनेछ ।

काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने गृह मन्त्रालयले जनाएको छ । काठमाडौ लगायत उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको छ । अत्यावश्यकलाई मात्र नयाँ पास वितरण बताइएको छ। सामान्य परिचयपत्रको भरमा बाहिर निस्कन पाइनेछैन गृहले भनेको छ।

गृह मन्त्रालयद्वारा जारी जेष्ठ १ गतेदेखि पालना गर्नुपर्ने नियम

प्रतिक्रिया दिनुहोस्