नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुग्यो



काठमाडौँ ,जेठ-१ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ। बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको  जनाएका छन् ।

यसअघि बिहीबार बिहानै काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्