जिल्ला भित्र जारी गरिएको पास गृहद्वारा खारेज



काठमाडौँ,  जेठ-१ । गृह मन्त्रालयद्वारा  ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी गरिएका सबै पास खारेज गरेको छ । जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु भने मन्त्रालयले यसअघि नै खारेज गरिसकेको छ ।

गृहको यो निर्णय जेठ ३ गतेदेखि लागू हुनेछ । मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार सम्बन्धित जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको हो ।

अब पास वितरणमा गृहले एकद्वारा प्रणाली अपनाउँदै गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने अधिकारीले जानकारी दिए ।

सञ्चार क्षेत्रलाई भने सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्