३० जना पत्रकारको कोरोना बीमा एनएलजी इन्स्योरेन्समा



काठमाडौं,जेठ-१ । पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरम (जनस्वयंसेवी पत्रकार मञ्च) ले ३० जना पत्रकारहरुको एक लाख रुपैयाँको कोरोना बीमा गराएको छ । एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा फोरमले आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका नाजिफमा आबद्ध ११ जना, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अन्तर्गत राहत वितरणमा खटिएका १४ जना र इन्स्योरेन्स खवरमा कार्यरत चार तथा फोरममा आबद्ध एक जना गरी कूल ३० जना पत्रकारहरुको बीमा गराएको हो ।

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले ३० जनाको प्रतिव्यक्ति ६०० का दरले १८ हजार २० रुपैयाँ टिकटसहितको बीमा शुल्क बुझाएर कूल ३० लाख बीमाङ्कको कोरोना बीमा गरिएको फोरमका संयोजक नबराज न्यौपानेले बताए ।

‘कोरोना महामारीमा फ्रन्ट लाईनमा खटिएका पत्रकारहरुको मनोबल उच्च राख्न कोरोना बीमा गरिएको हो, पत्रकारहरुलाई भोकै रहन नदिने उद्देश्यले राहत वितरणमा खटिएका नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पत्रकारहरुको बीमा गरिएको छ ।’ संयोजक न्यौपाने भने, ‘आगामी दिनमा फ्रन्ट लाइनमा खटिने र राहत वितरण गर्ने कार्यमा खटिएका थप २० जना पत्रकारहरुको बीमा गर्ने योजनामा छौं ।’

एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्तले पत्रकारहरुको कोरोना बीमा एनएलजी इन्स्योरेन्सबाट गर्न पाउँदा खुशी लागेको बताए । फ्रन्टलाईनमा खटिने पत्रकार, स्वास्थ्यकर्मी, राहत वितरणकर्ताहरुलाई कोरोना बीमा जरुरी रहेको उनले बताए । बीमा समितिको ५२ औं बार्षिकोत्सवको अवसरमा एनएलजी इन्स्योरेन्सका मार्केटिङ प्रमुख अन्जन ढकालले संयोजक नबराज न्यौपानेलाई आज सो बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले कूल ५० जना पत्रकारहरुको कोरोना बीमा गर्ने घोषणा गरेको र बाँकी पत्रकारहरुको दोस्रो चरणमा बीमा गरिने जनाएको छ ।

कोरोना बीमा नेपालमा सञ्चालित २० वटै निर्जिवन कम्पनीहरुले सामूहिक जोखिम वहन गर्ने गरी पूलमार्फत सञ्चालन गरिदै आएको कोरोना
महामारीमा राहत तथा प्रोत्साहन बीमा योजना हो ।

प्रतिक्रिया दिनुहोस्