नेपालमा थप तीनमा कोरोना संक्रमण,संक्रमितको संख्या २४९



काठमाडौं,जेठ-१ । नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको हो ।

कोरोना संक्रमण पुष्टि भएकाहरु  काठमाडौं दहचोकका ७ वर्षीय पुरुष सहित ३ जना  हुन । 

अन्य २ जना भने धादिङ र धनुषाका व्यक्तिहरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीबार साँझमा जारी सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्