नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुग्यो



काठमाडौं,जेठ-२ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ। स्वास्थ्य मन्त्रालयले मकवानपुर र बाँकेका विभिन्न व्यक्ति संक्रमित भएको पुष्टि गरेको छ ।

विज्ञप्ति अनुसार मकवानपुरमा ३७ वर्षीय पुरूष रहेका छन भने बाँकेस्थित नैनापुर निवासी १८, २०,२२, २५, २७, ३२ र ३६ वर्षका पुरूष रहेकाका छन ।

उनीहरूको अहिलेसम्मको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अधिकारीले उल्लेख गरेका छन ।

प्रतिक्रिया दिनुहोस्