नुवाकोटको लिखुमा लकडाउन थप कडाई



नुवाकोट,जेठ-२ । नुवाकोटको लिखु गाउँपालिकामा लकडाउन थप कडाई गरिने भएको छ। आज एक सूचना जारी गर्दै गाउँपालिकाले कोभीड-१९ को उच्च जोखीम न्यूनीकरणका लागि थप कडाइ गर्न लागेको जनाएको छ।

जिल्लास्थित संकट व्यवस्थापन केन्द्रको निर्णयलाई महत्त्व दिदै गाउँपालिकाले  पालीका क्षेत्रभित्र अनावश्यक हुलहुज्जत तथा जमघट गर्न नपाउने निर्णय गरेको छ।गाउँपालिकाले निश्चित समय तोकेर आफ्नो ब्यापार व्यवसाय संचालन गर्न समेत अनुरोध गरेको छ।

गाउँपालीकाले आफ्नो क्षेत्रभित्र अत्यावश्यक खाद्य पसल बिहानको ६ बजेदेखि १० बजेसम्म र वेलुका ४ वजेखि ७ वजेसम्म खोल्न दिइने भनेको छ ।गाउँपालिकाद्वारा जारी सुचनामा अत्यावश्यक सेवामा सेवारत कर्मचारी,पत्रकार,एम्बुलेन्स संचालन बाहेक होटल, चियापसल, रेस्टुरा, कपडा पसल, भाडापसल लगायतका अन्य व्यवसायहरु लकडाउन अवधीभर सन्चालन गर्न नपाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्