झोरमा अनावश्यक भिडभाडसंगै कोरोना संक्रमणको जोखिम बढ्यो-वडा कार्यालय



काठमाडौ, जेठ-२ । टोखा नगरपालिकास्थित वडा नम्बर-१ झोरमा अनावश्यक भिडभाडसंगै कोरोना भाइरस संक्रमणको जोखिम  बढेको वडा कार्यालयले जनाएको छ। वडा कार्यालयले आज एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई न्यूनीकरणका लागि सरकारले चालेको लकडाउनलाई पुर्ण रुपमा पालना गर्न समेत स्थानीयलाई अनुरोध गरेको छ।

सूचनामा अत्यावश्यक खाद्यान्न र औषधि पसल समेत तोकिएको समयमा मात्रै संचालन गर्न अनुरोध गरिएको छ। झोरको सिमचौर क्षेत्र र बौडेश्वर विद्यालय आसपास क्षेत्रमा समेत मानिसको भिडभाड बढेकाले सजगताका लागि सूचना प्रकाशित गरेर पहिलो पटक स्थानीयलाई अनुरोध गरेको वडाअध्यक्ष्य श्रीकृष्ण अधिकारीले बताउनुभयो।

देशको विभिन्न क्षेत्रसहित काठमाडौमा समेत संक्रमणको उच्च जोखिम बढेकाले घरमै बसी आफू र आफ्नो परीवारका लागि उत्तरदायी भुमिका निर्वाह गरिदिन अध्यक्ष अधिकारीले स्थानीयलाई अनुरोध गरेका छन।

पछिल्लो समय झोर क्षेत्रमा बाहिरी सटर बन्द गरेपनि भित्री रुपमा होटल तथा पसल निर्वाध संचालन भैरहेको जनगुनासो समेत बढ्दै गइरहेको बताइएको छ।

वडा कार्यालयद्वारा जारी अत्यन्त जरुरी सूचना :-

प्रतिक्रिया दिनुहोस्