नेपालमा कोरोना संक्रमित ९ जना थपिए,संख्या २६७ पुग्यो



काठमाडौ,जेठ-२ । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २६७ पुगेको छ।

वीरगन्ज, उदयपुर, दाङ र काठमाडाैंका विभिन्न व्यक्ति संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हाे ।

संक्रमितमध्ये काठमाडौं सतुंगलका ७ वर्षीय बालकसहित ९ जनामा रहेका छन । वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।त्यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्