मजदुर बोकेको ट्रक एकआपसमा ठोकिँदा २४ को मृत्यु



नयाँ दिल्ली, जेठ-३ । भारतको उत्तर प्रदेशमा भएको ट्रक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । अरैयास्थित मजदुर बोकेको ट्रक एक आपसमा ठोक्किँदा २४ जनाको ज्यान जानुका साथै धेरैको संख्यामा यात्रु घाइते  भएको भारतीय संचारमाध्यमहरुले जनाएका  छन् ।

शनिबार विहान दुर्घटनामा परेकाहरु मध्ये अधिकांश मजदूर बिहार, झारखण्ड र पश्चिम बंगालका रहेका छन् ।  घटनाप्रति दुःख व्यक्त गर्दे उत्तर प्रेदशका मुख्यमन्त्री योगी आदित्य नाथले घाइतेको उपचारमा कुनै कमि हुन नदिन अस्पताललाई निर्देशन दिईसकेको समाचारमा उल्लेख छ ।

photo : india times

प्रतिक्रिया दिनुहोस्