थप ६ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २७३ पुग्यो



काठमाडौं, जेठ-३ । शनिबार थप ६ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ ।  विहान १० बजेको अपडेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ६ जनामा कोरोनाको संक्रमणको पुष्टि गरेको हो ।

नयाँ संक्रमितहरु बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवन जिल्लाका हुन् । अहिले उनीहरुको अवस्था सामान्य रहेको साथै  चिकित्सकको प्रत्यक्ष सम्पर्कमै रहेको पनि मन्त्रालयले जनाएको छ ।

सिरहामा भने पहिलो पटक संक्रमित भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्