नेपालमा कोरोना संक्रमितको संख्या २७६,को हुन पछिल्लो तीन संक्रमित



काठमाडौं,जेठ-३ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ। कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या २ सय ७६ पुगेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो संक्रमितहरु कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष हुन् ।

उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला,भैरहवामा परीक्षणका क्रममा  तीनैजनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्