नेपालगन्ज : नरैनापुरको क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु



नेपालगन्ज,जेठ-४ । नेपालगन्जस्थित नरैनापुरको क्वारेन्टाइनमा राखिएको एक पुरुषको मृत्यु भएको छ। मृत्यु भएका ब्यक्तिको स्वाब हिजो नै संकलन गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् ।

गत ३० मा भारतको मुम्बई देखि आएका मृतक युवालाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो र आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि उपचारका लागी एम्बुलेन्स समेत बोलाइएको थियो तर एम्बुलेन्स पुग्नु अगावै उनको मृत्युु भएको नरैनापुरका स्वास्थ्य शाखा इन्चार्ज मोइन खानले बताएका छन् ।

मृतक पुरुष २५ बर्षका थिए । उनको कोरोनाको कारण मृत्यु भएको हो होईन स्वाब परिक्षणको नतिजा आएपछि मात्रै थाहा हुने खानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्