नेपालमा कोरोना भाइरसका कारण दोस्रो ब्यक्ति निधनको पुष्टि 



काठमाडौं,  जेठ-४  । नेपालमा कोरोना भाइरसका कारण दोस्रो व्यक्तिको निधन भएको छ । मृत्यु हुनेमा बाँकेका २५ वर्षी युवक रहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन।

ती युवक  वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनको हिजो स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको र उपचारका क्रममा आज विहान निधन भएको डा. देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्