नुवाकोटको पञ्चकन्या गाउँपालिकाद्वारा लकडाउनमा थप कडाई



नुवाकोट,जेठ -४ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले सरकारद्वारा जारी लकडाउनलाई थप कडाई गर्ने भएको छ ।आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाले कोभीड-१९ को उच्च जोखीम न्यूनीकरणका लागि थप कडाइ गर्न लागेको जनाएको छ।  जिल्लास्थित कोरोना रोकथाम तथा नियन्त्रण समिति र संकट ब्यवस्थापन समितिको निर्णयअनुसार गाउँपालिकामा थप कडाई गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले बताउनुभयो। 

अधिकृत पुडासैनीका अनुसार  गाउँपालिकाले पालीका क्षेत्रभित्र अनावश्यक हुलहुज्जत तथा जमघट गर्न नदिने निर्णय गरेको छ । निश्चित समय तोकेर आफ्नो ब्यापार व्यवसाय संचालन गर्न समेत अनुरोध गरेको छ।

गाउँपालीकाले आफ्नो क्षेत्रभित्र अत्यावश्यक खाद्य पसल बिहानको ६ बजेदेखि १० बजेसम्म र वेलुका ४ वजेखि ७ वजेसम्म खोल्न दिइने भनेको छ ।गाउँपालिकाद्वारा जारी सुचनामा अत्यावश्यक सेवामा सेवारत कर्मचारी,पत्रकार,एम्बुलेन्स संचालन बाहेक होटल, चियापसल, रेस्टुरा, कपडा पसल, भाडापसल लगायतका अन्य व्यवसायहरु अर्को सुचना जारी नभएसम्म  सन्चालन गर्न नपाइने जनाएको छ ।

गाउँपालिकाद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्