लिम्पियाधुरा,लिपुलेक,कालापानी सहितको नक्सा मन्त्रिपरिषदद्वारा पारित



काठमाडौं,जेठ-५ । नेपाल सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा  स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईले जानकारी दिए ।

उक्त नक्सा मन्त्रिपरिषदमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले  प्रस्ताव गरेकी थिइन् । भारतले नेपाली भूमि माथि हस्तक्षेप गरी लिपुलेकमा सडक नै बनाएर उद्घाटन गरेपछि सिमा विवाद चर्किएको थियो ।

साथै सरकार को अवधारणासहित नेपालको नक्सा सार्वजनीक गर्न सरकारलाई दबाब परेको थियो ।

प्रतिक्रिया दिनुहोस्