कर्णाली र खोटाङमा पनि कोरोना,संक्रमितको संख्या ३७५ पुग्यो
![](https://www.sajhapath.com/wp-content/uploads/2020/05/20200515_072613-8.jpg)
काठमाडौ,जेठ-६ । सोमबार राती थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । अब कोरोनाको प्रवेश कर्णाली प्रदेशमा पनि भएको छ । आज दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
![](https://www.sajhapath.com/wp-content/uploads/2020/05/inbound18771513021348754121212937417-593x768.jpg)