काठमाडौसहित विभिन्न जिल्लामा २७ थपिए,संक्रमित संख्या ४०२ पुग्यो



काठमाडौं,जेठ-६ ।कोरोना भाइरसका संक्रमित  विभिन्न जिल्लामा आज २७ जना थपिएका छन। स्वास्थ्य मन्त्रालयले काठमाडौ सहित विभिन्न जिल्लामा कोरोना संक्रमित थपिएको जनाएको छ ।

नेपालमा संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

जसमा १७ देखि ४२ वर्ष उमेर समूहका २४ पुरुष र ३ महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३, ललितपुरमा १ र भक्तपुरमा १ जना संक्रमित भेटिएका छन् । ललितपुरमा पहिलोपटक संक्रमित भेटिएको हो ।

मन्त्रालयका अनुसार झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाहीमा २, मकवानपुरमा १, रामेछापमा १, सिन्धुलीमा १, लमजुङमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना संक्रमित फेला परेका छन् ।

कुल संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३७ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्