निजि विद्यालय: मासिक शुल्कको आतंक



काठमाडौं, जेठ- ७ । राजधानीको छाउनीमा रहेकोे  काठमाडौं भ्याली विद्यालयले लकडाउनका बेलामा पनि मासिक शुल्क उठाइरहेको छ। उक्त विद्यालयले अभिभावकलाई लगातार खबर पठाउदै मासिक शुल्कको माग गरेको  अभिभावकहरूले बताउदै आएका  छन् ।

हिसानका उपाध्यक्ष समेत रहेका डा स्वागत श्रेष्ठ अध्यक्ष रहेको उक्त  विद्यालयले अनलाइन कक्षाको नाममा दैनिकी पढाइ भए सरह मान्यता दिँदै रकम असुल्न थालेको हो ।

यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने अनलाइन वा अन्य कक्षा सञ्चालनको बहानामा कुनै शुल्क नलिन गरेको निर्देशन गरिसकेको छ।तर यस निर्देशनको  वेबास्ता गर्दै विभिन्न विद्यालयहरुले शुल्क उठाउन थालेका हुन् ।

सो विद्यालयले वैशाख १६ गते नयाँ शैक्षिक सत्रका लागि भर्ना खोलेको जानकारी गराउँदै रकम बैंकमा जम्मा गर्न ताकेता गरेको थियो । लगातार फोन र म्यासेजमार्फत ताकेता गरेपछि अभिभावकले सञ्चारमाध्यम गुहारेका छन् ।

वैशाख १६ गते पठाएको म्यासेजमा तपाईंहरूले बैंक डिपोजिट, अनलाइन ट्रान्सफर र मोबाइल बैंकिङमार्फत रकम जम्मा गर्न आग्रह गरिएको छ ।

विद्यालय प्रशासनले विद्यालय शुल्क र अन्य जानकारी लिन परे विद्यालयका कर्मचारी बबिता श्रेष्ठ, सुभद्रा श्रेष्ठ र देविका महर्जनसँग सम्पर्क गर्न पनि आग्रह गरेको छ

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित  छ ।

प्रतिक्रिया दिनुहोस्