महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना



काठमाडौ,जेठ -७ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना भाइरसको संक्रमण पाइएको छ।प्रहरीमा कोरोना संक्रमण देखिएपछि प्रहरी  वृत्त नै सिल गरिएको छ । वृत्तमा कार्यरत दुईजनामा कोरोना भाइरसको संक्रमण भएपछि भाइरस संक्रमणको जोखिम बढेको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए।

२ सय १४ जनाको दरबन्दी रहेको प्रहरी वृत्तमा अहिले वृत्त नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङद्वारा परीक्षण थालिएको छ । बुधबार बिहानैदेखि संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्ने र स्वाब संकलन गर्ने काम समेत  सुरु भएको छ ।

संक्रमित एक सई र एक प्रहरी जवानलाई मंगलबार बेलुकी नै सशस्त्र प्रहरीको अस्पतालको आइसोलेसन कक्षमा पठाइ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्