लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा सार्वजनिक



काठमाडौ,जेठ – ७ । लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ। बुधबार भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको अध्यावधिक नयाँ नक्सा सार्वजनिक भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयमा एक पत्रकार सम्मेलनमार्फत् नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ ।

अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो ।

सार्वजनिक कार्यक्रमको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्