कोरोना संक्रमितको संख्या २५ थपिए,संख्या ४२७ पुग्यो



काठमाडौ,जेठ-७ ।बुधबार  विभिन्न जिल्लामा थप २५ जनामा कोरोना संक्रमित थपिएका छन् । विभिन्न ठाउँका ल्याबमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये ३ वर्षदेखि  ४८ वर्ष उमेर समुहका मानिस  रहेका छन् । पछिल्ला संक्रमितमा बाँकेमा ६, धनकुटामा ५, कपिलबस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थपिएका संक्रमितसहित देशभर ४ सय २७ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्