नेपालमा कोरोनालाई जितेर फर्किए ४५ जना

काठमाडौ, जेठ ८ । नेपालमा कोरोनालाई जितेर ४५ जना फर्किएका छन् । बुधबार थप ८ जना कोरोनालाई जितेर घर फर्किएका छन ।
उनीहरु उदयपुरका हुन। थप ८ जना संक्रमित उपचारपछि घर फर्किएसंगै निको भइ घर फर्किनेको संख्या ४५ पुगेको हो।
कोशी अस्पतालमा उपचाररत ८ जना उनीहरु बुधबार डिस्चार्ज भएको स्वाथ्यमन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।