उपत्यकाको स्थिति भयावह बन्न सक्ने



काठमाडौं, जेठ ८ । विश्व महामारीका रुपमा फैलिएको कोरोनाविरुद्ध सुक्ष्म सावधानी अपनाउन नसकेको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मंगलबार बसेको बैठकले ‘उपत्यकाको अवस्था भयावह हुनसक्ने’ औंल्याउँदै ‘नाका सिल गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको हो।

संक्रमित संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका सिल गर्न’ आग्रह गर्ने तयारी अगाडि बढाइएको हो ।

उपत्यकामा लुकिछिपी आवतजावत अझै नरोकिएपछि अवस्था भयावह हुन नदिन सबै नाका सिल गर्नुपर्ने निष्कर्षमा महानगर पुगेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्